Showing posts with label health home. Show all posts
Showing posts with label health home. Show all posts

Wednesday, March 31, 2010

Blood Pressure - A basic Knowledge

Wednesday, March 31, 2010 by ametya · 0 comments
Labels:

Checking of BP means the check of heart
हामी सबैलाई थाहा भएकै कुरा हो रगतले अक्सिजन र पोषण तत्वहरु शरिरको विभिन्न भागमा भेसल र आर्टरीद्दारा पुर्याउने काम गर्दछ । ब्लड प्रेसर भनेको रगत बहदा रक्तवाहिनी नलीहरुका भित्तामा रगतले पारेको दबाब हो , अर्थात रगत जुन फोर्सले बहेको छ त्यसलाई ब्लड प्रेसर भनिन्छ ।


प्रत्येक चोटी मुटु धड्कीदा मुटुले रक्तनलीहरुद्दारा रगत पठाउने काम गरिरहेको हुन्छ । (मुटु धड्कीनु भनेको मुटुले रगत पम्प आउट गर्नु हो र स्थिर अवस्थामा रहदा स्वस्थ व्यक्तिको मुटु एक मिनेटमा ६०-७० चोटि धड्कीन्छ )जब मुटु धड्कीन्छ त्यो बेला रगतको वहाव तिव्र भै दबाब बढेको हुन्छ जसलाई सिस्टोलिक (Systolic)प्रेसर भनिन्छ । जब मुटु आरामदय अवस्थामा हुन्छ (नधड्कीदाखेरी) रगतको दबाब घट्दछ जसलाई डायलोस्टिक (Dialostic) प्रेसर भनिन्छ ।