गिरिजाप्रसाद कोइरालाको दिदी इन्दिरा आचार्यको "विराटनगरका ती दिन " स्मरणबाट
पत्नि सुस्माको निधनपछि शोकविह्वल गिरिजा छोरी सुजातासँग |
यत्तिकैमा ००८ सालतिर हुनुपर्छ, गिरिजाका लागि विराटनगरतिरकै एउटी केटीको प्रस्ताव लिएर म घर गएँ । आमाले भन्नुभयो, "जति सम्झाउँदा पनि मानेन । ऊ त सुशीलालाई टिपेर कोलकातातिर लाग्यो ।" म छक्क परेँ । आमाले नै बताउनुभयो, "बीपीले राजनीतिक आदि कारण देखाउँदै थियो, मैले त सोझै हुँदैन भन्दिएँ । तारणिको पनि यसमा समर्थन थिएन ।" तर, कोसु -केशवप्रसाद कोइराला र नोना भाउजूले हुन्छ भन्दिनू भएछ । दाजुभाउजू शेखरलाई लिएरै कोलकाता जानुभएछ । त्यहीँ उहाँहरूले गिरिजाको विवाह गरेर पछि विराटनगरमा भोज दिनुभएको थियो ।